भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चिनियाँ राजदूत छन सङबीच शिष्टाचार भेट भएको छ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबीचको दुई पक्षीय सम्बन्ध र आपसी सद्भावका विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ।
राजदूत सङले नवनियुक्त मन्त्री ज्वालालाई बधाई दिएका छन् भने मन्त्री ज्वालाले पनि चिनियाँ राजदूत भएर आएकोमा बधाई दिएका छन्।
भेटमा नेपालको पूर्वाधार विकास, चिनियाँ सहयोगमा सञ्चालित परियोजनाका विषयमा कुराकानी भएको थियो।