नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख रहेको बताएका छन्।
आर्थिक, शैक्षिकलगायतमा ऋणको भारी र भ्रष्टाचारलगायत बढेको भन्दै उनले देश अराजकतातिर उन्मुख रहेको बताए।
रमेशप्रसाद गौतमको कृति 'मेरो अतित, मेरो अनुभव' मंगलबार लोकार्पण गर्दै केसीले अहिलेको अवस्था हेर्दा नियन्त्रण र निगरानी राख्न सही कार्यदिशा हुनुपर्ने बताए।
‘शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको छ। यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन छिटो ल्याउनुपर्छ,’ उनले भने, ‘देश असफल हुनबाट रोक्न गठबन्धनले सही कार्यदिशा समात्नुपर्छ।’
उनले विश्वविद्यालयहरूमा पनि अराजकता र भागबन्डा हुने गरेको बताए।