प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व हुनसक्ने सम्भावित सदस्यको संख्या टुंगो लागेको छ।
समितिमा २१ जना सदस्य रहने गरी टुंगो लागेको हो।
सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र २१ जना सांसद हुने गरी टुंगो लागेको हो।
यस समितिमा नेपाली कांग्रेसका ६ जना, नेकपा एमालेका ५ जना र नेकपा माओवादीका २ जना सांसद सदस्य हुन पाउने भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सदस्य हुनेछन्।
यस्तै एक सिट भएका पार्टी र स्वतन्त्र समेतले एक जना सदस्य हुन पाउने भएको हो।
