'जनयुद्ध दिवस'मा बिदा दिने र यो दिवस मनाउन मन्त्रिपरिषदले गरेको निर्णय विरूद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ।
बुधबार न्यायाधीश हरि फुयालकै इजलासले उक्त आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए। रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट पेश गरेका थिए।
सरकारले गत फागुन १ गते 'जनयुद्ध दिवस' का दिन सार्वजनिक बिदासमेत दिएको थियो।
मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
'जनयुद्ध दिवस' लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो।