प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक,२०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्ने कार्यसूची समेत तय भएको छ।
आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल कमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावण–२०७९ आषाढ)’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।