चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेलले चिनियाँ विदेश मन्त्री छिन गाङसँग भेटवार्ता गरेका छन्।
बेइजिङस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयमा पौडेलसहितको टोलीले गाङसँग भेटेको हो।
भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई थप मजबुद् बनाउने र विकास, सहायता, व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो।
शुक्रबार बेइजिङमा हुने नेपाल र चीनबीचको कूटनीति परामर्श संयन्त्रको बैठकमा भाग लिन पौडेल नेतृत्वको टोली चीन गएको हो।