नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले कुराभन्दा पनि काम गर्ने सरकार चाहिएको बताएका छन्।
सरकारबाट प्रत्येक दिन कम्तीमा एक काम हुनुपर्ने अपेक्षा रहने उनले बताए।
‘हामीले आशा र अपेक्षा गरेका छौं। सरकार सफल होस् भन्ने हामी चाहन्छौं,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले भने, ‘यो व्यवस्था असफल हुनुपर्छ भन्ने ठान्नेलाई त यो सरकार असफल भए होस् भन्ने लाग्ला। कतिपय नयाँ साथीहरूलाई यी पुराना दलले काम नै गर्न सक्दैनन् त्यसैले असफल भएपछि हामी गरूँला भन्ने लाग्ला। तर हामीलाई त्यस्तो भन्ने छुट पनि छैन।’
अब समय नभएको उनले बताए।
‘अब हामीसँग समय छैन। अर्को ५ वर्ष समय खेर फाल्ने अब हामीसँग समय छैन। त्यसैले सरकारलाई हाम्रो मद्दत रहन्छ, सरकारले हामीलाई के नभन्ठानोस् भने- मत हाल्नेहरू हुन् हामीले जे गरे पनि थपडी बजाउँछन् भन्ने नठानोस्। प्रत्येक दिन, प्रत्येक पल सरकारलाई मद्दत गरिरहेको र प्रश्न गरिरहेका हुन्छौं। अब हामीलाई कुरा गर्ने होइन काम गर्ने, परिणाम दिने सरकार चाहिएको छ। प्रत्येक दिन एउटा परिणामको अपेक्षा गर्छौं, त्यसो भयो भने न्यूनतम साझा कार्यक्रमको सफलता हुन्छ।’
भिडिओ: