नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अवसरवादीहरूदेखि सावधान हुन आग्रह गरेका छन्।
उनले अवसरवादीहरूबाट चनाखो हुनसमेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।
काठमाडौंमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको महाधिवेशन उद्घाटन गर्दै कोइरालाले भने, ‘अवसरवादीहरूदेखि सावधान हुनुस्, म त सावधान भइसकेँ। मैले भन्ने यत्ति हो।’
फरक प्रसंगमा उनले जातीय राजनीतिमा दलहरु केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दा ओझेलमा परेको बताए। कोइरालाले सबै स्वार्थ छाडेर 'राष्ट्र पहिला' भनेर अगाडि बढ्नुपर्ने समय आएको पनि बताए।
उनले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम सुरू भएकोले सचेत हुनुपर्ने पनि बताए।