प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको घरमा पुगेका छन्।
आइतबार धनगढी गएका प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्।
प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ।
आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको र चिया खाएर प्रधानमन्त्री दाहाल गएको भट्टले बताए।
माओवादीमै फर्काउने रणनीतिअन्तर्गत यो भेटघाट भएको हो प्रश्नमा भट्टले भने, ‘यो त अलग विषय हो। त्यो विषयमा हामीबीच अहिले कुनै छलफल नै भएन। त्यो अहिले सम्भावना पनि छैन।’
भट्ट एमालेमा जानुअघि माओवादीमै थिए।