प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बाहिर भन्ने गरिएजति संकटमा नरहेको बताएका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक परिवर्तन हुँदै आएकोे दाबी गरे।
‘संकट छ, संकट छ भनेर अलि बढि नै भन्ने गरिएको छ। त्यस्तो स्थिती देशको अर्थतन्त्रको होइन,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रचण्डले दस महिना भन्दा बढीलाई पुग्ने विदेशी मुद्राको सञ्चिती रहेको पनि बताए।
राजस्व संकलनमा केही चुनौती भएपनि सरकाले चोरी पैठारी रोक्नेदेखि अन्य सबै उपायहरू अवलम्बन गरिएको जानकारी दिए।
बैंकको ब्याजदर घटाउनेबारेमा राष्ट्रबैंक र अर्थमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयबाट निरन्तर छलफल र सहकार्य भइरहेको उनले बताए।
‘पोहोर सालजस्तो आतंक बनाउने स्थिती भनिन्थ्यो अहिले त्यो अवस्था छैन,’ प्रधानमन्त्रीले भने, 'यसो भन्नुको अर्थ सबै समस्या समाधान भयो अब ढुक्क भए हुन्छ भन्ने चाहीँ होइन।’
प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएका जटिलता समाधानका लागि गम्भीर प्रयास आवश्यक रहेको बताए।