आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ।
सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याज पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए।
उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरूले आ-आफ्ना धारणा राखेको बताए।
उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँच बुँदे सहमतिका विषयमा छलफल गरेको बताए।
उनले यसअघि पीडितहरूसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संघर्ष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताए।
उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए।
उनले मंगलबार मिटरब्याज पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताए।
उनले मिटरब्याज पीडितहरू राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए।