वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा नेताहरू खटिने भएका छन्।
केन्द्रीय सदस्य प्रकाश स्नेही, नेताहरू रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, युवराज पाण्डे, शिव रिमाललगायत उपनिर्वाचन प्रचारप्रसारमा खटिने भएका हुन्।
उनीहरूले सोमबार काठमाडौंमा छलफल गरेर उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।
‘उपनिर्वाचन हुने क्षेत्रमा पुगेर युवा परिचालनमा केन्द्रित हुने निर्णय भएको छ,’ नेता भूपेन्द्रजंग शाहीले भने, ‘आवेग र भ्रममा नलाग्न जनतालाई आग्रह गर्ने तथा कांग्रेसको उम्मेदवारलाई जिताउन तनहुँ १ र चितवन २ मा पुगेर अपिल गर्ने कार्यक्रम छ।’
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। बारा २ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।