नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।
आफूलाई कोरोना संक्रमण देखिएको शर्माले बताएका छन्।
‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ!’
नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट स्वदेश फर्किएकाहरूमा कोरोना देखिएपछि सतर्कतासमेत अपनाइएका छन्।