नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान साढे १० बजेदेखि मतदान सुरू भएको हो।
महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन्। आज वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न ६० वटा पदका लागि निर्वाचन हुँदैछ।
वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई उम्मेदवार छन्। जिल्ला, नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरूणराज सुमार्गी र सुरकृष्ण वैद्य उम्मेदवार छन्।
मतदानका लागि १ हजार ९९३ प्रतिनिधि सहभागी हुनेछन्। बिहानैदेखि उम्मेदवार र मतदाताहरूको बाक्लो उपस्थितले कमलादीस्थित प्रज्ञा भवनपरिसरमा चुनावी माहोल तात्तिएको छ।