नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र कानुन अनुसार नै निर्वाचन आयोग बनाएको हुँदा यसको निर्णय मान्नुपर्ने बताएका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा विशेष समय लिएर बोल्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिदै भने,‘ चित्त नबुझेमा अदालतमा जाने छुट सबैलाई हुन्छ। मतपत्र च्यातिएको यो मात्रै पहिलो घटना होइन, पहिले पनि यस्ता घटना भएको स्मरण गराउन चाहन्छु।’
उनले अदालतको विषयमा धेरै कुरा गर्न नचाहेको भन्दै आफूहरू सदन अवरोध गर्ने पक्षमा नभएको दाबी गरे।
उनले हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरू भएको स्मरण गर्दै पूर्वपश्चिम राजमार्ग आफ्नो पार्टीको पहलमा भएको बताए।
https://www.youtube.com/watch?v=w3nvvvkrCxk