नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सिंहदरबारमा पदभार सम्हालेका छन्।
शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गरेपछि सिंहदरबार आएर प्रधानमन्त्री देउवाले तत्कालै पदभार सम्हालेका हुन्।
पदभारसँगै उनले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर रन्तर प्रदेश समन्वयका लागि समन्वय परिषदको सचिवालय गठन गर्ने निर्णय पनि गरेका छन् ।
सात वटै प्रदेशको समन्वयका लागि गठन गरिएको परिषद प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा एक महाशाखाको रुपमा रहने व्यवस्था गरिएको छ । मुख्य सचिव डा. सोमलाल सुदेवीले संविधानको धारा २ सय ३४ बमोजिम गठन गर्ने भनिएको अन्तर प्रदेश समन्वय परिषद गठन गर्ने प्रस्ताव नवनिर्वाचित प्रधानमन्त्री देउवाले स्वीकृत गरेका जानकारी दिए।
पदभार ग्रहण गर्नु अघि नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मुख्य सचिव डा. सोमलाल सुवेदी, नेपाल सरकार सचिवहरु तथा उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भव्य स्वागत गरेका थिए । पदभार ग्रहण गर्नु अघि प्रधानमन्त्री देउवाले लैनचौरस्थित सहिद पार्कमा पुगेर सहिदहरुप्रति सम्मान व्यक्त गरेका थिए।
नवनिर्वाचित प्रधानमन्त्री देउवाले बुधबार नै सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय परिसरमा रहेको काँग्रेस संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको शालिकमा माल्याअर्पण पनि गरेका थिए।