नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधनको चाबी एमालेको हातमा रहेको बताएकी छन्। शुक्रबारको संसद बैठकमा बोल्दै यादवले संशोधनमा एमालेले सहयोग गर्नुपर्ने बताइन्।
'मैले सुवास नेम्वाङको मुखबाट संविधान संशोधन सुनिनँ। उहाँहरुको हातमा चाबी छ। यो समय सबै मिलेर संविधान संशोधन गर्नुपर्छ। संशोधनका लागि केही मत पुगेको छैन। म एमालेका साथीहरुलाई हार्दिक अनुरोध गर्छु,' यादवले भनिन्।
यादवले प्रधानमन्त्री शेरबहादुर देउवा बुद्धमानी भएकाले उनले गरेका प्रतिवद्धता जनाएका काम गरेरै छाड्ने बताइन्।
'छिट्टो संविधान संशोधन गरेर संविधान कार्यान्वयन गर्नुहोस्। मधेसी जनजाती सबैलाइ एकठाउँमा ल्याएर संविधान कार्यान्वयन गर्नुपर्छ। संविधान संशोधन गरेर स्थानीय तह निर्वाचन शान्तिपूर्वक गर्न आग्रह गर्दछु। शेरबहादुर दाई बुद्धिमान हुनुहुन्छ। जे जति काम छ पूरा गर्नुहुन्छ। म आशा र विश्वास लिएको छु,' उनले भनिन्।