बिभिन्न मधेशवादी दल एक भएर वनेको राजपाको केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराए।
बिभिन्न मधेशवादी दल एक भएर बनेको राजपा नेपाल गठन भएपछि मधेशको अधिकार र पहिचानको मुद्दा विर्सेर अन्य खेलमा लागेको नेतृ अनिता यादवको आरोप छ ।
तमलोपाका संस्थापक कृष्णदेव यादवका श्रीमतीसमे रहेकी यादव पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग धनुषा क्षेत्र नं. ५ बाट दोस्रो सविधानसभा चुनाव लडेकी थिइन्।
लामो समयपछि हुन लागेको स्थानीय चुनावमा राजपा नेपाल भाग नलिएर मधेशी जनताको अधिकार खोसेको उनको आरोप छ । केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि मधेशमा राम्रो पकड बनाएका नेताका रुपमा परिचित छन्। धनुषा क्षेत्र नंम्वर ७ वाट संविधानसभामा उम्मेदवार बनेर पराजित भएका थिए।