असार १४ गते हुने दोस्रो चरणको निर्वाचन लागि आइतबारबाट निर्वाचन आयोगले मतदाता परिचयपत्र बाँड्न थालेको छ।
दोस्रो चरणको निर्वाचन हुन लागेका प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदाताले आइतबार बिहानैदेखि परिचय पत्र लिन थालेका छन्। ती जिल्ला ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाना रहेका छन्।
निर्वाचन आयोगले ४ हजार ५ सय ८१ स्थलबाट १३ गतेसम्म परिचय पत्र बाँड्ने जनाएको छ। अायोगले असार १४ गते हुने चुनावमा परिचय पत्र देखाएर मात्र मत हाल्न पाउने व्यवस्था गरेको छ।
[caption id="attachment_52395" align="alignnone" width="720"]
रूपन्देहीको बुटवलमा मतदाता परिचयपत्र लिन लाइनमा उभिएका पूर्व अर्थमन्त्री एंव एमाले नेता बिष्णु पौडेल। तस्बिरः भगवती पाण्डे/सेतोपाटी[/caption]
मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्नेछ। नागरिकता, सवारी चालक अनुमतिपत्र, पासपोर्ट वा अन्य कुनै सरकारी परिचयपत्र देखाएर मतदाता परिचयपत्र पाउन सकिनेछ।
परिचय पत्र वितरणमा मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचय लिनका लागि लाइनमा बस्न नपर्ने वा घरपरिवारका सदस्यले लैजान सक्ने व्यवस्था मिलाएको अायोगले जनाएको छ।