नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोमबार दिउँसो लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।
दार्जिलिङ नेपाली भाषीमाथि दमन गरेको विरोधमा प्रदर्शन गर्न माओवादी नेता कार्यकर्ता लैनचौर पुगेका थिए।
‘दार्जिलिङमा नेपाली भाषीमाथि भएको दमनको विरोधमा हामीले लैनचौरमा प्रदर्शन गरेका हौं’, विप्लवका सहयोगी सुदर्शन मंगोलले सेतोपाटीसँग भने।
बंगाली भाषालाई विद्यालयमा अनिवार्य पढाउनु पर्ने पश्चिम बंगाल सरकारको निर्णयपछि दार्जिलिङमा पछिल्लो समय आन्दोलन भइरहेको छ। नेपाली भाषी दार्जिलिङवासीले सरकारको निर्णय मान्य नहुने भन्दै आन्दोलन चलाएका हुन्।