संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकदुई जना नेताको हठले राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा छुटेको बताएका छन्।
बुधबार बिहान विराटनगर उपमहानगरपालिकामा मतदान गरिसकेपछि यादवले टेलिफोनमा सेतोपाटीसँग भने, ‘जनता यति धेरै उत्साहका साथ सुन्दर भविष्यको आशा लिएर मतदान गर्न आएका छन्, तर एकदुई जना नेताका कारण राजपाले गलत बाटो समात्यो।’
यादवले यो पटकको निर्वाचनमा राजपाका छुटेपनि अर्को चरणमा राजपा नछुटोस् भन्ने आफूले चाहेको बताए। ‘आशा गरौं अर्को चरणमा उहाँहरू छुट्नु हुन्न’, यादवले भने।