बुधबार भइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन्।
बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।