बझाङको जयपृथ्वी नगरपालिका– ३ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। पाण्डु उच्च मावि मतदान केन्द्रमा दुई दलका कार्यकर्ताबीच झडप भएपछि सो मतदान केन्द्रमा मतदान सुचारू हुन सकेको छैन।
दुई दलको झडपमा ढुंगा हानाहान हुँदा कांग्रेस कार्यकर्ता उम्मेदवार प्रेमबहादुर खड्का र राजेन्द्र बिष्ट घाइते भएका छन्।
खड्का वडाध्यक्षका उम्मेदवार पनि हुन्। उनको टाउकोमा चोट लागेको छ।
१३ सय १४ जना मतदाता रहेको सो केन्द्रको मतदान सुचारू गर्न सर्वदलीय बैठक बसेपनि अहिलेसम्म मतदान सुचारु हुन सकेको छैन।