प्रदेश नम्बर पाँचको कपिलवस्तुका सबै गाउँपालिका तथा नगरपालिकामा बिहीबार बिहान मात्रै मतगणना सुरु हुने भएको छ।
कपिलवस्तुमा ६ वटा नगरपालिका र पाँच गाउँपालिका छन्।
सबै गाउँपालिका र नगरपालिकाका निर्वाचन अधिकृतले भोली देखिमात्र मतगणना सुरु हुने सेतोपाटीलाई जानकारी दिए।
कतिपय स्थानीय निकायमा सर्वदलिय बैठक नै बसेको छैन। बैठक बसेर भोली नै मतगणना गर्ने सहमति भएको उनीहरुले जनाएका छन्।