नवलपरासीको प्रतापपुर गाउँपालिकामा ८ सय मत गनेर सकिएको छ। उक्त गाउँपालिका वडा नम्बर १ बाट मत गणना सुरु भएको थियो।
निर्वाचन अधिकृत माधव ढुंगानाका अनुसार ८ सय मत गन्दा २ सय ६२ मत ल्याएर कांग्रेसका अध्यक्ष उमेद्वार अगाडि छन्। उपाध्यक्षमा कांग्रेसलाई ३०३ मत आएको छ।
यहाँ नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष उमेद्वारले २ सय १२ मत ल्याएर कांग्रेस उमेद्वारलाई पच्छ्याइरहेका छन्। लोकतान्त्रिकले उपाध्यक्षमा १ सय ६३ मत पाएको छ।
त्यस्तै अध्यक्षका लागि एमालेले १ सय २१ ल्याएर तेस्रो भएको छ। एमालेले उपाध्यक्षमा १ सय २४ मत पाएको छ।
माओवादीले ६० र राप्रपाले ३३ मत ल्याएका छन्।