गुल्मी जिल्लाको रुरु गाउँपालिकामा २ सय मतगणना हुँदा नेकपा एमालेका अध्यक्ष उम्मेदवार नीलकण्ठ गौतमले अग्रता लिएका छन्। उनको मत १सय ४७ आएको निर्वाचन अधिकृत कोशलराज शर्मा तिमिल्सिनाले जानकारी दिए।
एमालेकै उपाध्यक्ष उम्मेदवार लक्ष्मी पन्थले १५२ मत ल्याएकी छन्।
अध्यक्षका लागि माओवादीका यदु ज्ञवालीले भने जम्मा ३८ मत पाएका छन्।
कांग्रेस माओवादी तालमेल भएको यो गाउँमा कांग्रेसका उपाध्यक्ष उम्मेदवार देवेन्द्र मल्लले ४८ मत पाएका छन्। वडा नम्बर १ बाट मतगणना सुरु भएको तिमिल्सिनाले बताए।