कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्बर १ को २५० मत गन्दा कांग्रेस मेयर उम्मेदवारले १०८ मत पाएका छन्।
दोस्रो स्थानमा रहेको एमालेले ५९ मत पाएको छ। २४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ।
उपमेयरमा भने नेकपा एमालेको अग्रता लिएको छ। उपमेयरमा एमालेले १०१ मत पाएको छ भने कांग्रेसले ६० मत ल्याएको छ। राप्रपाका उपमेयर उम्मेदवारले २६ मत पाएका छन्। चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा १२ र उपमेयरमा १५ मत पाएको छ।
मतगणना जारी छ।