प्रदेश नं ५ का अधिकाशं स्थानीय तहको मतगणनामा नेकपा एमालले अग्रता लिएको छ। प्रदेश नं ५ लाई आफ्नो पकड क्षेत्र दाबी गर्दै आएको एमालेलाई कांग्रेसले कडा चुनौती दिइरहको छ। पाँच नम्बर प्रदेशकै तराई क्षेत्रका गाउँपालिका र नगरपालिकामा पनि मधेस केन्द्रीत दलहरूसँग एमालेले प्रतिष्पर्धा गरिरहेको छ।
४ वटा उपमहानगर रहेको प्रदेश पाँचका ३ वटा उपमहानगरमा एमाले अगािड छ। रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुरमा एमालेका उम्मेद्वार अगािड छन्।
बुटवलमा एमालेका शिवप्रसाद सुवेदीले सुरुवातदेखि नै अग्रता लिइरहेका कांग्रेसका खेलराज पाण्डेलाई पछि पारेका छन्। तुलसीपुरमा एमालेका घनश्याम पाण्डे र घोराहीमा नरुलाल चौधरीले सुरुवातदेखि नै अग्रता कायम गरिरहेका छन्। नेपालगञ्जमा भने एमालेका शम्सुद्धिन सिद्दकीलाई राप्रपाका धवलशमशेर राणाले पछािड पारेका छन्।
प्रदेश नं ५ मा एमाले ४० स्थानमा अगाडि छ। कांग्रेस ३२ र माओवादी केन्द्र १७ स्थानमा अगाडि छ। राष्ट्रिय जनमोर्चा प्युठानका तीन तहमा अग्र स्थानमा छ। त्यस्तै राप्रपा २ स्थानमा र संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक एक एक स्थानमा अगाडि छन्।
के छ प्रदेश ५ का नगर र गाउँको अवस्था?नवलपरासीका सबै ७ स्थानीय तहमा मतगणना जारी छ। त्यहाँ कांग्रेसले अग्रता लिइरहेको छ। रामग्राम नगरपालिकामा कांग्रेसका नरेन्द्र गुप्ता, सुनवल नगरपालिकामा भीमबहादुर थापा, बर्दघाट नगरपालिकामा विश्वप्रेम पाठकले अग्रता लिइरहेका छन्। तीनै जना कांग्रेसका उम्मेद्वार हुन्।
त्यस्तै ४ गाउँपालिका मध्ये प्रतापुर र पाल्हीनन्दनमा कांग्रेस अगाडि छ। सुस्ता गाउँपालिकामा एमाले र सरावल गाउँपालिकामा लोकतान्त्रिक फोरमले अग्रता कायम गरेको छ।
नवलपरासीमा एमालेले कांग्रेससँग प्रतिष्पर्धा गर्न सकिरहेको छैन।
बाँकेको ८ स्थानीय तह मध्ये तीन तहमा एमालेको अग्रता छ। २ वटामा कांग्रेस, २ वटामा राप्रपा र एउटामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। नेकपा एमालेले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ। कांग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ। फोरमले नरैनापुर र राप्रपाले नेपालगञ्ज उपमहानगर पालिका र जानकीमा अग्रता लिएका छन्।
पाल्पाका १० स्थानीय तहमध्ये ७ तहमा एमालेको अग्रता छ। तीन तहमा भने कांग्रेसको अग्रता छ। तानसेन नगरपालिकामा एमालेका अशोककुमार शाही अगाडी छन्। त्यस्तै तिनाउमा अमबहादुर घर्ती, पूर्वखोलामा नुनबहादुर थापा, रम्भामा विष्णुप्रसाद भण्डारी, रामपुरमा राजुप्रसाद श्रेष्ठ, रिब्दीकोटमा नारायणबहादुर जिसी र रैनादेवी छहरामा रामबहादुर राउत अगािड छन्।
कांग्रेसका शालिकराम पाण्डे निस्दीमा, कृष्णप्रसाद बस्याल बगनासकालीमा र माथागढीमा सन्तोषकुमार थापाले अग्रता लिएका छन्।
कपिलवस्तुको अधिकांश स्थानमा कांग्रेसको अग्रता छ। कपिलवस्तु नगरपालिकामा कांग्रेसका किरण सिंह, बाणगंगामा मंगलप्रसाद थारु, बुद्धभूमिमा केशव श्रेष्ठ, मायादेवीमा बलुउद्दिन मुसलनमान अग्रस्थानमा छन्।
एमालेले विजयनगर र शिवराजमा अग्रता राखेको छ। कृष्णनगरमा राप्रपाले अग्रता लिएको छ।
बर्दियामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ। गेरुवा गाउँपालिकामा, बार बर्दिया र मधुवन नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ। ठाकुरबाबा र बासगढी नगरपालिकामा एमाले अगाडि छ। राजापुर नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।
रुपन्देहीको बुटवल उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ। देवदह र सिद्धार्थनगरमा भने कांग्रेस अगाडि छ। सैनामैना र तिलोत्तमा भने एमाले अगाडि छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने राजपाका तर्फबाट स्वतन्त्र उम्मेद्वार अगाडि छन्।
दाङका दुई वटै उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ। यता लमही नगरपालिकामा कांग्रेसको अग्रता लिएको छ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेद्वावार नरूलाल चौधरीले कांग्रेसका मेयरका उम्मेदवार भूपबहादुर डाँगीलाई सात सय ३१ मत अन्तरले पछाडि छोडेका छन्।
तुलसीपुर उपमहानगरपालिकामा पनि नेकपा एमालेकै अग्रता छ। एमालेका घनश्याम पाण्डे अगाडि छन्।
दाङको एउटा मात्रै नगरपालिका लमहीमा भने नेपाली काँग्रेसको अग्रता कायमै छ। काँग्रेसका जोगराज चौधरी अगाडि छन्।
रोल्पाका पनि सबै १० वटै स्थानीय तहमा मतगणना सुरु भएको छ। रोल्पाको रोल्पा नगरपालिकामा कांग्रेस अगाडि छ। तर माओवादीले टक्कर दिइरहेको छ। रोल्पाका सुकीदहमा र त्रिवेणीमा एमाले अगाडि छ।
कांग्रेस भने रोल्पा नगरपालिकासहित, रुन्टीगढी, सुनछहारी, सुवर्णावतीमा अगाडि छ। माओवादी केन्द्र माडी, दुई खोली र थवाङमा अगाडि छ।
बर्दियामा गुलरियामा एमाले अगाडि छ। एमालेले बाँसगढी र बढैयातालमा अग्रता लिएको छ। ठाकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवामा माओवादी केन्द्र अगाडि छ।
कांग्रेसले भने राजापुरमा मात्र अग्रता लिइरहेको छ।
प्युठानमा ३ स्थानीय तहमा माओवादी केन्द्र र २ स्थानीय तहमा एमाले अगाडि छ भने कांग्रेस एक स्थानमा मात्र अगाडि छ। सरुमारानी र नौवहिनी गाउँपालिकामा एमाले अगाडि छ भने कांग्रेसले गौमुखीमा अग्रता लिइरहेको छ।
यहाँ राष्ट्रिय जनमोर्चाले ऐरावतीमा अग्रता लिइरहेको छ। मल्लरानीमा पनि जनमोर्चाले अग्रता लिइरहेको छ। माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको जनमोर्चाले स्वर्गद्वारीमा पनि अग्रता लिएको छ। प्यूठान नगरपालिकामा र झिमरुकमा माओवादी केन्द्र अगाडि छ।
गुल्मीमा एमालेले अग्रता लिएको छ। रेसुङ्गा नगरपालिकामा कांग्रेस अगाडि छ। चन्द्रकोट र इस्मा गाउँपालिकामा कांग्रेस अगाडि देखिएको छ। कालिगण्डकी, मालिका, छत्रकोट, मुसीकोट, सत्यवती र रुरु गाउँपालिकामा एमाले अगाडि छ।
अर्घाखाँचीमा पनि एमालेको अग्रता छ। एमालेले तीन स्थानमा अग्रता लिइरहेको छ। भूमीकास्थान, सन्धीखर्क र मालारानीमा एमाले अगाडि छ। सितगंगा र छत्रदेवमा भने कांग्रेस अगाडि छ। अर्घाखाँचीको मतगणना प्रारम्भिक चरणमै छ।
रुकुमका तीन वटै गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र अगाडि छ।