बाँकेका ६ गाउँपालिकामध्ये दुईवटामा कांग्रेस र दुईवटामा एमालेको अग्रता छ भने राप्रपा र संघीय समाजवादी फोरमले एक/एकवटा गाउँपालिकामा अग्रता लिएका छन्।
डडुवा गाउँपालिकामा कांग्रेस २२७३ र राप्ती सोनारी गाउँपालिकामा १८४२ मत ल्याएर अग्रस्थानमा छ। त्यस्तै, बैजनाथ गाउँपालिकामा १७२३ र खजौरा गाउँपालिकामा १८५९ मत ल्याएर एमालेले अग्रता लिएको छ।
जानकी गाउँपालिकामा भने राप्रपा ४१२ मत ल्याएर अघिल्लो स्थानमा छ। त्यस्तै नरिनापुरमा २५४८ मत ल्याएर संघीय समाजवादी फोरम अगाडि छ।