संखुवासभाको मादी नगरपालिकामा एमाले विजयी भएको छ। यहाँ एमालेका विदुर लिन्थेप २७४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले २१२२ मत ल्याएका छन्।
त्यस्तै, उपमेयरमा एमालेकै उर्मिला सुवेदी २९१४ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कल्पना खत्रीले २११२ मत ल्याएकी छन्।