सुनसरीको इटहरी उपमहानगरपालिकाको बिहान सवा ६ बजेसम्मको मत परिणामअनुसार कांग्रेसले २२७ मतले अग्रता बनाएको छ।
यहाँ मेयरमा कांग्रेसका रोहित प्रसाईं २५३४ मतका साथ अगाडि छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका द्वारिकलाल चौधरी २३०७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसकै विमला ढकाल २५२२ मतसहित अगाडि छिन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी गौतमले २२७८ मत ल्याएकी छन्।