प्रदेश नम्बर ५ कै एक ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगन्ज उप महानगरपालिकामा राप्रपाका उम्मेदवारले आफ्नो सुरुआती अग्रता कायम राखेका छन्।
यहाँको पछिल्लो मतपरिणामअनुसार मेयरमा राप्रपाका धवलशमशेर राणा ३५४७ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रका दामोदर आचार्य १९६८ मतसहित उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका सुरेशकुमार कनौडियाले १९२४ मत ल्याएका छन्।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर २६५६ मतका साथ अगाडि छिन्। उनलाई राप्रपाका रमारानी गुप्ताले २४६६ मत ल्याएर पछ्याइरहेकी छन् भने माओवादी केन्द्रकी कलामुन अन्सारी १६८८ मत ल्याएर तेस्रो स्थानमा छिन्।