कन्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। निर्वाचन अधिकृत प्रेमसिंह कुँवरका अनुसार मेयरमा माओवादी उम्मेदवार लोकेन्द्र एेरी २०७९ मत ल्याएर अग्रस्थानमा छन्।
दोस्रो स्थानमा रहेको नेकपा एमालेका रणबहादुर महराले १९८० मत पाएका छन्। तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका मेयर उम्मेदवार दिलबहादुर एेरले १७७८ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा माओवादी केन्द्रका कमला एेरले सबभन्दा बढी १९४२ मत पाएका छन्। एमालेका तुलसीदेवी हमाल १८६७ मत ल्याएर दोस्रो र कांग्रेसका धर्मा एेर बिष्ट १५३८ मतका साथ तेस्रो स्थानमा छन्।
अहिलेसम्म वडा नम्बर १, २, ७ र ८ को मतगणना सकिएको छ। बाँकी वडाको मत गणना जारी छ।