प्रदेश नम्बर सातको हिमाली जिल्ला दार्चुलाका ९ मध्ये ६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।
प्राप्त मतपरिणामअनुसार जिल्लाका दुवै नगरपालिका महाकाली र शैल्यशिखरमा नेपाली कांग्रेस विजयी भएको छ। महाकाली नगरपालिकामा हंसराज भट्ट विजयी भएका छन् भने शैल्यशिखरमा अमरसिंह धामीले जितेका छन्।
कांग्रेसले मालिकार्जुन गाउँपालिकाको अध्यक्ष पनि जितेको छ।
त्यस्तै, नेकपा एमालेले दुई गाउँपालिकामा विजय हात पारेको छ। एमालेले लेकम र अपिहिमालमा जितेको हो। माओवादी केन्द्रले पनि जिल्लामा एक स्थानीय तहमा जितेको छ। मार्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि माओवादी केन्द्रले विजयी भएको छ। अब दुहु, नौगाड र ब्यास गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत तुल्सीराम पाण्डेले जानकारी दिए।