दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ९२ स्थानको मत परिणाम सार्वजनिक हुँदा अिघल्लो चरणमा जस्तै यसपालि पनि नेपाली कांग्रेस दोस्रो स्थानमै छ। कांग्रेसले सात नगरपालिकासहित ३३ स्थानीय तहमा विजय हासिल गरेको छ।
अिहलेसम्मको मतपरिणामअनुसार कांग्रेसले जितेका ७ नगरपालिका बाजुराको बडिमालिका, भोजपुरको भोजपुर, दार्चुलाको महाकाली, बैतडीको दशरथ चन्द, बझाङको बुंगल, अछामको कमलबजार र बाजुराको त्रिवेणी हुन्।
यसमध्ये बडिमालिका नगरपालिकाका मेयरमा पदम बडुवाल, भोजपुरमा कैलाशकुमार आले, महाकालीमा हंसराज भट्ट, दशरथ चन्दमा नरेन्द्रसिंह थापा, बुंगलमा धनबहादुर बिष्ट, कमलबजारमा ओमप्रकाश बिष्ट र त्रिवेणी नगरपालिकामा रामसिंह रावल छन्।
यसबाहेक कांग्रेस २६ गाउँपालिकामा विजयी भएको छ।
कांग्रेसले जितेका गाउँपालिका र त्यहाँका अध्यक्ष यी हुन्:
- बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
- बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
- संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
- संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
- गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
- डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
- डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
- डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
- डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
- बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
- खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
- नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
- ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
- गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
- पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
- बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
- डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
- ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
- भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
- दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
- खोटाङ, दिप्रुङ गाउँपालिकाः भूपेन्द्र राई
- दार्चुला, शैल्यशिखर गाउँपालिकाः अमरसिंह धामी
- बझाङ, सुर्मा गाउँपालिकाः नरबहादुर बोहोरा
- संखुवासभा, भोटेखोला गाउँपालिकाः पेम्बा भोटे
- दाङ, राजपुर गाउँपालिका: लोकराज केसी
- पाल्पा, माथागडी गाउँपालिका: सन्तोषकुमार थापा