प्रदेश नं ५ का १ सय ९ स्थानीय तहमा भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउन सुरू भएको छ। हालसम्म ३४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ।
जसअनुसार सबैभन्दा धेरै नेकपा एमालेले १३ स्थानमा जित हात पारेको छ भने २७ स्थानमा अग्रता लिइरहेको छ।
प्रदेशमा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० तहमा विजयी भएको छ भने ११ तहमा अग्रता लिइरहेको छ। ८ स्थानीय तह जितेको कांग्रेस पनि २२ स्थानमा अगाडि छ।
यहि रूझानले निरन्तरता पाए प्रदेश ५ मा सबैभन्दा धेरै एमाले विजयी हुने देखिन्छ। त्यसो त निर्वाचन अघि नै एमाले नेताहरुले प्रदेश ५ आफ्नो गढ भएकाले निर्वाचनमा सफलता र दोस्रो चरणको सबैभन्दा धेरै जित्ने दल बन्ने दावी गरेका थिए।
अन्य साना दलहरुले ३ स्थानमा जितेका छन् भने १३ स्थानमा अगाडि छन्। राजमोले प्यूठानका दुई तह जितेको छ भने संघीय समाजवादी फोरम नेपालले बाँकेको एक तहमा जीत हात पारेको छ। राप्रपा पनि नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा अगाडि छ।
४ उपमहानगरपालिका, ३१ नगरपालिका, ७४ गाउँपालिका रहेको प्रदेश ५ को ७५ स्थानीय तहको परिणाम आउन बाँकी रहेको छ।
रुकुमका सबै तहको रिजल्ट सार्वजनिक भैसकेको छ। जसमा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ। पुथा उतरगंगा गाउँपालिकामा ओमप्रसाद घर्ती, भुमे गाउँपालिकामा रामसुर बुढा मगर र सिस्ने गाउँपालिकामा कुमारी बराल गौतम विजयी भएका छन्।
रोल्पाका ६ गाउँपालिकाको रिजल्ट सार्वजनिक भएको छ। दश स्थानीय तह रहेको रोल्पामा अन्य स्थानको गणना जारी छ। एमालेले त्रिवेणी गाउँपालिकामा जीत हात पारेको छ। एमालेका शान्तकुमार ओली विजयी भएका हुन् बाँकी ५ तहमा भने माओवादी केन्द्र विजयी भएको छ। सुनछहरीमा आशबहादुर पुनमगर, थवाङमा वीरबहादुर घर्ती, दुईखोलीमा नीमकान्त डाँगी, माडीमा नन्दबहादुर पुन र सुकीदहमा वीरबहादुर केसी माओवादीबाट विजयी भएका छन्।
रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा भने मतगणना जारी छ। त्यहाँ माओवादी केन्द्र अगाडि छ। त्यस्तै सुवर्णावतीमा पनि माओवादी अगाडि छ भने रुन्टीगढीमा कांग्रेस अगाडि छ।
गुल्मीमा मतगणना तीव्र छ। त्यहाँ रेसुङ्गा नगरपालिका सहित अन्य पाँच तहको रिजल्ट सार्वजनिक भैससकेको छ। रेसुङ्गामा एमाले विजयी भएको छ। एमालेले रुरु र मालिका गाउँपालिकामा पनि जीत हात पारेको छ। नीलकण्ठ उप्रेती रुरुबाट, रितबहादुर थापा मालिकाबाट विजयी भएका हुन्। गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकामा भने कांग्रेसका अशोककुमार थापा र द्रोणबहादुर खत्री विजयी भएका छन्।
गुल्मीका छत्रकोट, कालिगण्डकी, मदाने, मुसीकोट नगरपालिकामा एमाले अगाडी छ। सत्यवतीमा कांग्रेस र धुर्कोटमामा माओवादी केन्द्र अगाडी छ।
नवलपरासीमा ७ स्थानीय तहमा निर्वाचन भएकोमा तीन स्थानको नजिता आएको छ। त्रिवेणी सुस्तामा एमाले विजयी भएको छ। एमालेका रामप्रसाद पाण्डले सुस्ता जितेका हुन्। कांग्रेसका राजकुमार शर्मा प्रतापुरबाट र भीमबहादुर थापा सुनवल नगरपालिकाबाट विजयी भएका छन्।
पाल्हीनन्दनमा माओवादी केन्द्र अगाडि छ भने रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा कांग्रेस अगाडि छ। सरवालमा भने फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी थारु अगाडि छन्।
पाल्पामा १० स्थानीय तह रहेकोमा चार स्थानको नजिता सार्वजनिक भएको छ। तिनाउ गाउँपालिकाबाट एमालेका अमबहादुर घर्ती, निस्दीबाट मुक्तबहादुर सारु र पूर्वखोलाबाट नुनबहादुर थापा विजयी भएका छन्। कांग्रेसले पाल्पाको माथागढी गाउँपालिकामा जीत हात पारेको छ। कांग्रेसका सन्तोषकुमार थापा विजयी भएका छन्।
पाल्पाको मुख्य चासो रहेको तानसेन नगरपालिकामा मतगणना जारी छ। त्यस्तै रामपुर नगरपालिका सहित रम्भा, रिब्दीकोट र रैनादेवी छहरामा एमाले अगाडि छ। बगनासकलीमा कांग्रेस अगाडि छ।
अर्घाखाँचीमा भने गणनाको परिणाम आउने क्रम भर्खर सुरु भएको छ। त्यहाँको छत्रदेव गाउँपालिकामा कांग्रेसका लेखनाथ पोखरेल विजयी भएका छन्।
६ स्थानीय तह रहेको अर्घाखाँचीको अन्य पाँच स्थानीय तहको गणना जारी छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एमाले अगाडि छ। एमाले मालारानी गाउँपालिकामा पनि अगाडि छ। कांग्रेस भने सितगंगा र पाणिनीमा अगाडि छ। त्यसैगरि माओवादी केन्द्र भूमीकास्थानमा अगाडि छ।
प्यूठानको ९ स्थानीय तह मध्ये तीन स्थानको रिजल्ट सार्वजनिक भएको छ। माओवादी केन्द्रसँग तालमेल गरेको राष्ट्रिय जनमोर्चले झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा जीत हात पारेको छ। एमालेले सरुमारानी गाउँपालिकामा जीतेको छ। ऐरातवती गाउँपालिकामा जनमोर्चाले अग्रता लिइरहेको छ।
गौमुखी, नौवाहिनीमा कांग्रेस अगाडि छ। स्वर्गद्वारी नगरपालिकामा भने एमाले अगाडि छ। माओवादी केन्द्र प्यूठान नगरपालिका र माण्डवीमा अगाडि छ।
दाङमा ९ स्थानीय तह मध्ये दुईको मात्र हालसम्म रिजल्ट सार्वजनिक भएको छ। राजपुर गाउँपालिकामा कांग्रेस विजयी भएको छ। राजपुरमा लोकराज केसी विजयी भएका हुन्। बंगलाचुलीमा भने माओवादी केन्द्रका भक्तबहादुर ओली विजयी भएका छन्।
दाङको सबैभन्दा धेरै चासो रहेको दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीमा एमालेको अग्रता छ। त्यस्तै गढवा, दंगीशरणमा पनि एमालेको अग्रता छ।
लमही नगरपालिका सहित शान्तिनगर, राप्ती र बबईमा कांग्रेस अगाडि छ।
बाँकेमा ८ स्थानीय तह मध्ये नरैनापुर र डुडुवाको मतपरिणाम सार्वजनिक भएको छ। नरैनापुरमा संघीय समाजवादी फोरम नेपालका इश्तियाक अहमद साह विजयी छन् भने डुडुवामा नेपाली कांग्रेसका नरेन्द्र चौधरी विजयी भएका छन्।
बाँकेमा रहेको नेपागञ्ज उपमहानगरपालिकामा राप्रपाका धवलशमशेर राणाले अग्रता लिइरहेका छन्। त्यस्तै जानकी गाउँपालिकामा पनि राप्रपा अगाडि छ।
बैजनाथ र खजुरामा एमाले र राप्ती सोनारी, डडुवा, कोहलपुर नगरपालिकामा कांग्रेस अगाडि छ।
बर्दियामा पनि पहिलो मतपरिणाम सार्वजनिक भएको छ। सदरमुकाम गुलरियामा कांग्रेसले जितेको छ। गुलरियामा कांग्रेसका मुक्तिनाथ यादवले मेयर जितेका हुन्।
बर्दियाका अधिकांश स्थानमा माओवादी केन्द्र अगाडि छ। माओवादी केन्द्र राजापुर, मधुवन, बारबर्दिया, ठाकुरबाबा र गेरूवामा अगाडि छ। एमाले भने बढैयाताल र बासगढीमा अगाडि रहेको छ।
रुपन्देहीमा भने हालसम्म कुनै पनि तहको परिणाम सार्वजनिक भएको छैन। रुपन्देहकी बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता छ। रुपन्देहीको सैनामैना, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा पनि एमाले अगाडि छ। त्यस्तै सियारी, कंचन र ओमसतिया गाउँपालिकामा पनि एमाले अगाडि छ।
कांग्रेस रुपन्देहीको देवदह नगरपालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाँउपालिकामा अगाडि छ।
नयाँ शक्ति र फोरम नेपाल एउटै चुनाव चिन्हमा प्रतिष्पर्धामा उत्रिएकाले रुपन्देहीमा रोहिणी, मर्चावरी र गैडहवामा अगाडी छन्। स्वतन्त्रको हैसियताम निर्वाचनमा उठेको राजपा पनि त्यहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा अगाडि छ।
कपिलवस्तुको कुनैपनि नगर तथा गाउँपालिकाको मतपरणाम हालसम्म सार्वजनिक भएको छैन। त्यहाँ अधिकांश स्थानीय तहमा कांग्रेस अगाडि छ। १० स्थानीय तह मध्ये ४ मा कांग्रेस अगाडि छ भने ३ मा एमाले अगाडि छ।
कांग्रेस कपिलवस्तु नगरपालिका, बुद्धभूमी नगरपालिका, बाणगंगा र यशोधरा गाउँपालिकामा अगाडि छ। एमाले विजयनगर, शिवराज र शुद्धोधनमा अगाडि छ।
त्यस्तै मायादेवीमा संघीय समाजवादी फोरम नेपाल अगाडि छ। संघीय समाजवादी फोरमकै बागी उम्मेद्वार रजतप्रताप शाह स्ततन्त्र उम्मेद्वारको रुपमा कृष्णनगरमा अगाडि छन्। त्यस्तै महाराजगञ्जमा स्वतन्त्र उम्मेद्वार ढृगनारायण पाण्डे अगाडि छन्।
- नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे एमाले
- नवलपरासी, प्रतापपुर गाउँपालिकाःराजकुमार शर्मा कांग्रेस
- नवलपरासी ,सुनवल नगरपालिका :भीमबहादुर थापा कांग्रेस
- पाल्पा, तिनाउ गाउँपालिकाःअमबहादुर घर्ती एमाले
- पाल्पा, निस्दी गाउँपालिकाःमुक्तबहादुर सारू एमाले
- पाल्पा, पूर्वखोला गाउँपालिकाःनुन बहादुर थापा एमाले
- पाल्पा, माथागढी गाउँपालिकाः सन्तोस कुमार थापा कांग्रेस
- अर्घाखाँची, छत्रदेव गाउँपालिकाःलेखनाथ पोखरेल कांग्रेस
- गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल एमाले
- गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम एमाले
- गुल्मी, दरबार गाउँपालिकाःअशोककुमार थापा कांग्रेस
- गुल्मी, चन्द्रकोट गाउँपालिकाःद्रोणबहादुर खत्री कांग्रेस
- रोल्पा, त्रिवेणी गाउँपालिकाः शान्तकुमार ओली एमाले
- रोल्पा, थवाङ गाउँपालिकाःवीरबहादुर घर्ती माओवादी
- रोल्पा, सुनछहरी गाउँपालिकाःआशबहादुर पुनमगर माओवादी
- रोल्पा, दुईखोली गाउँपालिकाःनीमकान्त डाँगी माओवादी
- रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी माओवादी
- रोल्पा, माडी गाउँफालिका: नन्दबहादुर पुन
- प्यूठान, सरुमारानी गाउँपालिकाः झगवहादुर विक एमाले
- प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना, राष्ट्रिय जनमोर्चा
- प्यूठान, झिमरूक गाउँपालिकाः तिलक बहादुर जिसी, राष्ट्रिय जनमोर्चा
- दाङ, राजपुर गाउँपालिकाः लोकराज केसी कांग्रेस
- दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली कांग्रेस
- बाँके, नरैनापुर गाउँपालिकाःइश्तियाक अहमद साह, संघीय समाजवादी फोरमः
- रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
- रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
- रुकुम, सिस्ने गाउँपालिकाःकुमारी बराल गौतम