विवादका कारण रोकिएको कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्न लागेको छ।
कर्मचारीले दुई वटा सिटको परिणाम जोड्दा दलहरुले पाएको मत एकाएक बढेपछि पुनर्वासमा मतगणना विवाद भएको थियो। मुख्य निर्वाचन अधिकृत रमेश गौतमले कर्मचारीको गल्तीका कारण दुईवटा सिटका परिणाम जोडिएको बताउँदै ४ बजे सर्वदलीय बैठक बसेर मतगणना पुनः सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
११ वडा रहेको पुनर्वास नगरपालिकाका ६ वडाको मत गणना सकिएको छ। ७ र ८ वडाको मत गणना भइरहँदा विवाद भएको थियो।
६ वडासम्मको मतगणना हुँदा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ भने माओवादी केन्द्रले पछ्याइरहेको छ।