मोरङको पथरी शनिश्चरेको मतगणना स्थगित भएको छ।
९ नम्बर वडाको गणनापछि मत परिणाम सार्वजनिक गर्ने क्रममा गणकले बेइमानी गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले अवरोध जनाएपछि मतगणना स्थगित भएको छ।
निर्वाचन अधिकृत चेतकुमार पोखरेलले आफूहरूले त्यस्तो गडबड केही नगरेको भन्दै कुनै पनि हालतमा दोहोर्याएर मतगणना नगर्ने भन्दै कानुनी बाटो खोज्ने बताएका छन्।
उनले अब आफू आयोगमा जानकारी दिने र आयोगले जे भन्छ त्यही अनुसार गर्ने बताएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा एमाले दिलिपकुमार राईले अग्रता लिइरहेका छन्।