पहिलो चरणको स्थानीय तह चुनावमा आफूलाई तेस्रो ठूलो पार्टीका रुपमा उभ्याएको माओवादी केन्द्र दोस्रो चरणमा पनि त्यही दिशातर्फ उन्मुख छ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा हालसम्म २१४ स्थानको मतपरिणाम आइसकेको छ। यीमध्ये माओवादी केन्द्रले हालसम्म ३० स्थान जितेर तेस्रो स्थानमा आफूलाई सुरक्षित बनाएको छ। मतगणना जारी रहेका स्थानमध्ये १० ठाउँमा उसको अग्रता कायम छ।
माओवादी केन्द्रले हालसम्म ५ नगरपालिका र २५ गाउँपालिकामा जित हासिल गरेको छ।
हेर्नुहोस् माओवादी केन्द्रले जितेका नगर/गाउँपालिकाको सूचीः
नगरपालिका:
- रोल्पा, रोल्पा नगरपालिका: पुर्ण केसी
- बैतडी, पुर्चौडी नगरपालिका : रणबहादुर कुँवर
- बर्दिया, मधुवन नगरपालिका : गणेश केसी
- बर्दिया, बारबर्दिया नगरपालिकाः दुर्गाबहादुर चौधरी
- अर्घाखाँची, भूमिकास्थान नगरपालिकाः रेसम थापा
गाउँपालिका:
- सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
- सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
- दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
- रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
- रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
- रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
- डडेलधुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
- डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
- रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
- कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
- रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
- रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
- भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
- खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का
- ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा
- दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी
- रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी
- गुल्मी, धुर्कोट गाउँपालिका :भुपाल पोखरेल
- रोल्पा, माडी गाउँपालिका : नन्द बहादुर पुन
- अछाम, मेल्लेख गाउँपालिका: लाेकबहादुर बाेहरा
- उदयपुर: सुनकाेशी गाउँपालिका: मेजरकुमार राई
- पाँचथर, मिक्लाजुङ गाउँपालिकाःअमरराज माखिम
- नवलपरासी, पाल्हीनन्दन गाउँपालिकाः दीपक गुप्ता
- राेल्पा,सुवर्णावती गाउँपालिका :गुणेन्द्र घर्ती
- सोलुखुम्बु, दूधकौशिका गाउँपालिकाः असीम राई