दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो जित हासिल गरेको छ।
झापा कचनकवल गाउँपालिका अध्यक्षमा राप्रपाले यो जित हासिल गरेको हो। यहाँ राप्रपाका अन्जरा आलम विजयी भएका छन्। उपमेयरमा पनि राप्रपाकै निमसरी राजवंशी विजयी भएकी छन्। नतिजाको अौपचारिक घोषणा हुन भने बाँकी छ।
पहिलो चरणमा समेत गर्दा स्थानीय तह निर्वाचनमा यो राप्रपाको दोस्रो जित हो। यसअिघ पहिलो चरणमा धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपाका चेरुङ तामाङ विजयी भएका थिए।