रुपन्देहीको रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ।
यहाँ अध्यक्षमा फोरम-नयाँ शक्ति गठवन्धनका सनोजकुमार यादव विजयी भएका छन्। उनले ३७६९ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी राप्रपाका ताहिर अलीले ३५४२ मत ल्याएका छन्।
दोस्रो चरणमा यो फोरमको पाँचौं जित हो। यसअिघ फोरमले बाँकेको नरैनापुर गाउँपालिका (इश्तियाक अहमद साह), कपिलवस्तुको मायादेवी गाउँपालिका (बजरङी कुर्मी), रुपन्देहीको गैडहवा गाउँपालिका (बचुलाल कबट) र सुनसरीको भोक्राह गाउँपालिका (महेन्दप्रसाद यादव) जितेको थियो।
यसअिघ पहिलो चरणमा फोरमले एक सिट पनि जितेको थिएन।
उपाध्यक्षमा भने राप्रपाकी श्रीकान्ति चमार ३४९६ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम-नयाँ शक्ति गठवन्धनकी रिना मिश्रले ३४५० मत ल्याएकी छन्।