सुनसरीको औद्योगिक क्षेत्र दुहवी नगरपालिकाको मेयरमा फोरम लोकतान्त्रिक विजयी भएको छ।
यहाँ फोरम लोकतान्त्रिकका वेद गच्छदार ७४२० मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा फोरम लोकतान्त्रिककै सुनीता दाहाल साह ६६८३ मत ल्याएर विजयी भएकी छन्।
यो फोरम लोकतान्त्रिकको दोस्रो जित हो। यसअिघ नवलपरासीको सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका राधेश्याम चौधरीले जितेका थिए।