कैलालीको टीकापुर नगरपालिकामा अग्रता लिइरहेको फोरम लोकतान्त्रिकलाई माओवादी केन्द्रले उछिनेको छ।
पछिल्लो मतपरिणामअनुसार टीकापुरको मेयरमा फोरम लोकतान्त्रिकका लौटन चौधरीलाई माओवादी केन्द्रका ललित थापाले जितेका हुन्। माओवादीका थापाले ५०४६ मत ल्याएका छन् भने फोरम लोकतान्त्रिकका चौधरीले ४९४२ मतसहित उनलाई पछ्याइरहेका छन्।
यहाँ एमालेका तपेन्द्र रावल ४४६७ मत ल्याएर तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेको नेपाली कांग्रेसका जंगबहादुर साउदले पाएको मत ४४४७ छ।
टीकापुर नगरपालिकाको मेयरमा फोरम लोकतान्त्रिकले सुरुदेखि नै अग्रता लिइरहेको थियो।