बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडा अध्यक्ष पदमा खाता खोलेको छ।
वडा नम्बर १३ मा नेपाली कांग्रेसका नारायण पुनले वडा अध्यक्ष जितेका छन्। वडा अध्यक्ष संगै कांग्रेसले खुला सदस्य पनि जितेको छ। अरु सदस्य भने एमालेले नै जितेको छ।
बुटवल उपमहानगरको पछिल्लो मतपरिणाम अनुसार यहाँ मेयर पदका एमाले उम्मेदवार शिव सुवेदीले सबभन्दा धेरै मत पाएका छन्। उनले १९ हजार २ सय ४ मत पाएका छन् भने कांग्रेसका खेलराज पाण्डेले १६ हजार ३१ मत पाएका छन्।
उपमेयरमा एमालेले फराकिलो मतान्तर बनाएको छ। एमालेका उपमेयर उम्मेदवार गोमा आचार्यले २० हजार ९ सय ३० मत पाएकी छन् भने माओवादी उम्मेदवार जगतबहादुर पोखरेलले ११ हजार ७ सय ३८ मत ल्याएका छन्।
बुटवलमा माओवादी कांग्रेस तालमेल छ।