रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाका केन्द्रीय सदस्य तथा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीको अग्रता कायमै छ।
उनले सुरुआतदेखि नै आफ्नो अग्रता कायम राख्दै आएका छन्। उनको मत ६ हजार ३८ छ भने संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरुद्दिन मुसलमानको ४ हजार ५ सय १४ मत आएको छ।
यो नगरमा अब ९ हजार मत गन्न बाँकी छ।