प्रदेश नम्बर १ को झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन गाउँपालिकामा जित हात पारेको छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार बाबुराजा श्रेष्ठ ३हजार ७ सय ४० मत ल्याएर विजयी भएका छन्।
उनले नेपाली कांग्रेस उम्मेदवार फूलवती राजवंशीलाई पराजित गरेका हुन्।
यसअघि राप्रपाले झापाका हल्दीबारी र कचनकेवल गाउँपालिकामा जित हात पारेको थियो।