प्रदेश नम्बर १का मोरङ र सुनसरी जिल्लाका थप १/१ स्थानीय तहमा नेपाली कांग्रेसले जित हात पारेको छ। अन्तिम मतपरिणाम सार्वजनिक भएका मोरङको सुनवर्षी नगरपालिका र सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको हो।
सुनवर्षी नगरमा कांग्रेसका कालिप्रसाद दास ५४७३ मत ल्याएर मेयरमा विजयी भएका हुन्। उनले एमालेका हसन इमाम बक्स मियाँलाई पराजित गरे। उपमेयरमा पनि एमालेकी निरादेवी दासलाई पराजित गर्दै कांग्रेसकै मन्जुकुमारी साह निर्वाचित भइन्।
सुनसरीमा नेपाली कांग्रेसलार्इ अर्को सफलता हात लागेको छ। उसले सुनसरीको कोशी गाउँपालिकाको प्रमुखमा कांग्रेसका उमेद्धवार ऐयुव अन्सारीले ४०७४ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले अजय कुसियतले २७३२ मत मात्र ल्याए।
यस्तै उपप्रमुखमा कांग्रेसकै अनितादेवी यादवले ३४१२ मत ल्याएर विजयी भइन भने उनका निकटम प्रतिद्धन्दी एमालेकै पार्वतीदेवी उराँवले २७२३ मत मात्र ल्याइन्।