रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि एमालेको जित सुनिश्चित भएको छ।
सिद्धार्थनगरमा जारी मतगणनामा ८ सय ६८ मत गणना हुन बाकीँ रहेपनि एमालेका मेयर पदका उम्मेदवार हरि अधिकारी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका यादवभन्दा १३ सय २५ मतले अगाडि रहेकाले उनको जित सुनिश्चित भएको हो।
अधिकारीले हालसम्म ६ हजार २ सय ९० मत ल्याएका छन् भने नेपाली कांग्रेसका यादवले ४ हजार ९ सय ६५ मत ल्याएका छन्। त्यस्तै राप्रपाका सागरप्रताप राणाले ४ हजार ३ सय २५ र माओवादी केन्द्रका फैज अहमद खानले ३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा पनि एमालेकी उमा काफ्लेको जित सुनिश्चित भएको छ। काफ्ले पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी माधवी शर्मा वाग्लेको भन्दा ७ सय ६४ मतले अगाडी रहेकी छन्।
काफ्लेको ५ हजार ७ सय ६९ र शर्माको ४ हजार ९ सय ५ मत रहेको छ । उपमेयरमा राप्रपाकी रमिता थापामगरको ३ हजार ३ सय ३१ र माओवादी केन्द्रकी कमला थापाको ३ हजार ४२ मत रहेको छ।