प्रदेश नम्बर १ मा पर्ने झापाको भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।
भद्रपुर नगरपालिकाका मेयरमा एमालेका जीवनकुमार श्रेष्ठ ११०४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश पोख्रेल थिए।
त्यस्तै, उपमेयरमा एमालेकै चन्द्रा श्रेष्ठ १०६५२ मत ल्याएर विजयी भएकी छन्। उनलाई नेपाली कांग्रेसकी तारा भुर्तेलले पछ्याएकी थिइन्।