झापाको मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ। बिहिबार बिहान ११ बजे सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेद्वार बिमल आर्चायले १६ सय बढी मतले नेकपा एमालेका मेयर उम्मेद्वार विष्णु प्रसाईलाई पछि पारेका छन्।
मेचीनगरनगरपालिकाकी निर्वाचन अधिकृत ईन्दिरा शर्माका अनुसार कांग्रेसले मेयरतर्फ १५०१६ मत प्राप्त गरेको छ भने एमालेले १४६६८ मत प्राप्त गरेको छ । यसैगरी, उपमेयरमा कांग्रेसले १३६९२ मत पाएको छ भने उपमेयरमा एमालेले १५२१९ मत प्राप्त गरेको छ ।
अहिलेसम्म १० वटा वडामा मत गणना सम्पन्न भएको छ। १० वटा वडामा १, २, ३, ११, १३ र १५ वडामा एमालेले जित हासिल गरेको छ भने ४, ५ र १५ वडामा कांग्रेसले जितेको छ त्यसैगरी, वडा नं. १२ मा भने माओवादी केन्द्र विजयी भएको छ । कुल १५ वटा वडा रहेको उक्त नगरपालिकामा हाल ५ वटा वडाको मत गणना जारी रहेको छ।
कुल ५३ हजार खसेको मतपत्रमा हालसम्म ४० हजार ३ सय ६४ मत गणना सम्पन्न भएको छ ।
नयाँ संरचना अनुसार साबिक मेचीनगर सहित बाहुनडाँगी, ज्यामिरगढी, धाईजन र दुवागढी सहित समाहित भएर बनेको स्थानीय तह अनुसारको मेचीनगर नगरपालिकामा १५ वटा वडा कायम गरिएको हो। झापाकै सबै भन्दा बढी जनसंख्या भएको तथा सबै भन्दा धेरै वडा संख्या भएको स्थानीय तहका रुपमा रहेको मेचीनगर नगरपालिकामा ७२ हजार ७ सय ९४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।